Main News

एमाले बागमती प्रदेश अधिवेशन, सहमतिको प्रयास जारी

हिमालय टिभी
२०८० असोज १२ गते १३:१५
एमाले बागमती प्रदेश अधिवेशन, सहमतिको प्रयास जारी

१२ असोज २०८० काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको पहिलो अधिवेशनमा अझै पनि निर्वाचन शुरु हुन सकेको छैन ।

विहान १० बजे शुरु हुने भनिएको मतदान सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा ढिलाइ गरिएको हो । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावलीमा देखिएका सामन्य त्रुटी सच्याउन भनेर चार घण्टाको समय मागेको छ । प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेलबीच प्रतिस्पर्धा हुँदैछ ।

छलफलपछि अध्यक्षका उम्मेदवार केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम छ ।

उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा हुनुहुन्छ । उपसचिवमा ओमराज पन्त, कृष्णहरि थापा, खड्गबहादुर खत्री, टासी लामा, डबल पाण्डे, प्रेमबहादुर महर्जन, रमेश महर्जन, राजेन्द्र श्रेष्ठ, भक्तकुमारी लामा र रिता गौतम ढकालले उम्मेदवारी दिनुभएको छ ।

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहितसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । अधिवेशनमा एक हजार १७४ मतदाता प्रतिनिधि छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *