Main News

पर्यटन प्रवर्द्धनमा छैन सरकारी चासो (भिडियो रिपोर्टसहित)

२०८० असोज १० गते २०:५६
पर्यटन प्रवर्द्धनमा छैन सरकारी चासो (भिडियो रिपोर्टसहित)

१० असोज २०८० काठमाडौं । नेपालको पर्यटन व्यवसाय कोरोना अघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएकोमा ८ महिनामा ६ लाख नाघिसकेको छ ।

यसले पर्यटन व्यवसायीहरु उत्साहित छन् । यो क्षेत्रमा लगानी पनि थपिएको छ । अहिले नै ३५ लाखभन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा होटलहरु पुगेका छन् । तर पूर्वाधार विकास र प्रचार प्रसारमा सरकारको उदासिनता भने कायमै छ ।

सन् २०२३ को ८ महिनामा ६ लाख १ हजार ३६० पर्यटक नेपाल भित्रिएका छन् । विश्वव्यापी कोरोना महामारी अघि सन् २०१९ को ८ महिनामा पनि ६ लाख १५ हजार ६६० पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ भरिमा भने हालसम्मकै उच्च ११ लाख ९७ हजार पर्यटकले नेपाल घुम्न आएका थिए । जबकी सन् २०२१ मा १ लाख ५० हजार र २०२२ मा ६ लाख १४ हजार पर्यटक नेपाल आएका थिए ।

सरकारले वार्षिक १० लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको छैन । तर नेपालका होटलहरु अहिले नै ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा छन् ।

होटलमा मात्र सरकारको वार्षिक बजेट जत्तिकै अर्थात् १७ देखि १८ खर्ब रुपैयाँ भन्दा बढी लगानी भइसकेको छ । पर्यटन संख्या बढाउन नसक्दा व्यवसायीको लगानी जोखिममा पर्ने भएकाले सरकारले पूर्वाधार निर्माण र अन्तर्राष्ट्रिय प्रचारमा चासो विशेष ध्यान दिनुपर्ने व्यवसायीको माग छ ।

निजी क्षेत्रको प्रयासले नेपालमा पर्यटक आगमनमा केही सुधार भए पनि सरकारले पूर्वाधार र नयाँ गन्तव्य विकास गर्न सकेको छैन । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमति संचालन हुन नसक्दा अपेक्षित पर्यटक आइरहेका छैनन् ।

कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योग्दान ६ प्रतिशत छ भने १० लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । तर यो क्षेत्रको विकासको दीर्घकालीन नीति बनाउन नसक्दा पर्यटन वृद्धिको लक्ष्य केबल कागजमा मात्र सिमित बन्ने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *