Main News

कुटपिटको विरोधमा चिकित्सकहरु सडकमा

हिमालय टिभी
२०८० असोज ९ गते १६:०८
कुटपिटको विरोधमा चिकित्सकहरु सडकमा

९ असोज २०८० काठमाडौं । आफूहरूमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षा माग्दै चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।

माइतीघरमा विरोध प्रदर्शन गर्दै उनीहरुले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने आवाज उठाएका छन् ।

उनीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको राजीनामा समेत मागेका छन । हिजो पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि डाक्टरहरू आक्रोशित बनेका छन् ।

लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा हिजो मृत्यु भएको थियो ।

मृतकका आफन्तसहितको भीडले डाक्टरले लापरबाही गरेको भन्दै हातपात गरेको थियो । यो घटनाले मणिपाल अस्पताल परिसर तनावपूर्ण भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *