Main News
राष्ट्रियसभाको बैठक ६ दिन पर सारियो
२०८० असोज ९ गते १३:१९
९ असोज २०८० काठमाडौं । राष्ट्रिय सभाको बैठक फेरि ६ दिन पछाडि सारिएको छ ।
यसअघि असोज १२ गते बस्ने तय भएको बैठक संघीय संसद सचिवालयले सूचना जारी गरी असोज १८ गतेका लागि बस्ने जानकारी दिएको हो ।
असोज १२ गते विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया