Main News

मलंगवामा चार दिनदेखि जारी कर्फ्यु दिउँसोको समयमा हटाइयो

हिमालय टिभी
२०८० असोज ८ गते १३:२४
मलंगवामा चार दिनदेखि जारी कर्फ्यु दिउँसोको समयमा हटाइयो

८ असोज २०८० सर्लाही । सर्लाहीको मलंगवामा चार दिनपछि दिउँसोको समयको कर्फ्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने निर्णय गरेको हो । राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यू कायमै राखिएको छ ।

दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी छ । मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका अफवाह फैलाउने व्यक्तिको पहिचान गरी कानून बमोजिम कारबाही गर्ने सुरक्षा समितिले निर्णय गरेको जानकारी दिनुभयो।

असोज ४ गते मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएपछि मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *