Main News

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

हिमालय टिभी
२०८० असोज ८ गते १३:२०
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

८ असोज २०८० सल्यान । सल्यानको कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् ।

दाङ तुलसीपुर १८ का २६ वर्षिय जीप चालक भक्तबहादुर घर्ती र गाडी धनी वर्ष ५० वर्षिय गणेश बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

रोल्पाबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ च १०२५ नम्बरको जीप कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक सेतापैरामा दुर्घटनामा परेको हो। जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *