Main News

ग्यास सिलिण्डरमा मनोमानी, उपभोक्ताको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

२०८० असोज ५ गते २०:५९
ग्यास सिलिण्डरमा मनोमानी, उपभोक्ताको ज्यान जोखिममा (भिडियो रिपोर्टसहित)

५ असोज २०८० काठमाडौं । बजारमा उद्योगी र व्यापारीको हालीमुहाली छ । चाहे त्यो मूल्यमा होस् वा उत्पादन र गुणस्तरमा ।

ग्यास उद्योगीहरुले यतिसम्म मनोमानी गरेका छन् कि सरकारको मापदण्डलाई नै धज्जी उडाउँदै सर्वसाधारणको ज्यान धरापमा पर्ने गरी आफूखुसी सिलिन्डर बजारमा बिक्री गर्दै आएका छन् । तर बिडम्बना यसबारे राज्यका नियामक निकाय नै अनविज्ञ देखिन्छन् ।

यो अभिव्यक्ति सांसद योगेश भट्टराईको हो । संसदको सार्वजनिक लेखा समितिमा भट्टराईले ग्यास सिलिन्डरको तौलबारे ध्यानकर्षण गराएपछि सामाजिक सञ्जालका पण्डितहरुको पेशागत खिसिटिउरीको पनि मज्जाले व्यापार भयो ।

भट्टराईले बजारमा १४.२ लिटर तौलभन्दा माथिको ग्यास सिलिन्डर बेच्न नपाइने भए पनि ५० र ४१० लिटरसम्मको ग्यास सिलिन्डर बिक्री भइरहेको भन्दै ध्यानाकर्षण गराउनु भएको थियो । उहाँको यो अभिव्यक्ति पछि बल्ल नेपालको आयल निगमको आँखा खुल्यो र १४.२ लिटरभन्दा बढी ग्यास बिक्री नगर्न र गरेको पाइए कारबाही गर्ने चेतावनी दियो ।

तर बिडम्बना नेपाल र मनोज ग्यास कम्पनीले खुलेआम ५० र ४१० लिटर तौलको ग्यास बिक्री गरिरहेका छन् । उनीहरुले अनुमति बिनै उत्पादित त्यो ग्यास सिलिन्डर होटल र रेष्टुरेन्टमा पुर्याउने गरेका छन् । निगममा ठूला क्षमताको ग्यास उत्पादन गर्न माग गरे पनि अनुमति नपाएका कारण बजारको मागलाई देखाउँदै अवधै धन्दा चलाइरहेका छन्। जुन काम निगमकै सेटिङ बिना सम्भवन हुनै सक्दैन ।

हाल १४ दशमलव २ तौलको हकमा मापदण्ड कार्यान्वयन गरेको अवस्थामा समेत विस्फोट भएर ठूलो धनजनको क्षती भइरहेको छ । यस्तो अवस्थामा मापदण्डविपरितको सिलिन्डरबाट भविष्यमा हुन सक्ने जोखिमको जिम्मेवारी कस्ले लिन्छ ? पैसा र पावरको भरमा कानूनको धज्जी उडाउने नेपाल र मनोज ग्यास कम्पनीलाई सरकारले कारबाही गर्ने साहस देखाउछ की पत्र मात्र काटेर जिम्मेवारीबाट पन्छन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *