Main News

शिक्षकको तलब : कुन तहको कति ? (भिडियो रिपोर्टसहित)

२०८० असोज ५ गते २०:४७
शिक्षकको तलब : कुन तहको कति ? (भिडियो रिपोर्टसहित)

५ असोज २०८० काठमाडौं। आफ्नो सेवासुविधा कम भएको गुनासो गर्दै देशभरका शिक्षक काठमाडौंमा उत्रिएका छन् । सडक जाम गरेर नयाँ बानेश्वरदेखि माइतीघरसम्म धर्नामा बसेका शिक्षकले भनेजस्तै उनीहरुको तलब भत्ता, सेवा सुविधा कम छ त ? सामुदायीक विद्यालयका शिक्षकको मासिक तलब कति हुन आउँछ ?

आफूले पठनपाठन गर्दै आएका विद्यालयमा तालाचावी लगाएर देशभरका शिक्षक सिंहदरवारलाई घुडा टेकाउने उद्देश्यसहित काठमाडौंमा छन् । शिक्षकको आन्दोलनका कारण विद्यार्थी पढ्न पाउने हकबाट बञ्चित छन् । आन्दोलनरत् शिक्षकहरुको मुख्य माग भनेको हालै संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक सञ्चाउनु पर्छ भन्ने हो ।

आन्दोलनका क्रम्मा उनीहरुले आफूहरुको तलब लगायतका सेवा सुविधा पनि कम भएको र निजामति कर्मचारी सरह हुनु पर्ने माग पनि गरेका छन् । अहिले शिक्षकको तबल स्केल निजामति कर्मचारीको भन्दा कम छ भन्ने शिक्षकहरुको दाबी भने निराधार छ । बरु उनीहरुको क्षमता, योग्यता र श्रेणीका आधारमा सरकारले तलब सुविधा तोकेको छ ।

अब हेरौं शिक्षकले पाउने तलब सुविधा ।

पद श्रेणी कायम तलब
माध्यामिक तह
माध्यामिक तह (प्रथम श्रेणी) – ६८,१४५ रुपैयाँ
माध्यामिक तह (द्वितीय श्रेणी) – ६१,७३७ रुपैयाँ
माध्यामिक तह (तृतीय श्रेणी) – ५५,३३७ रुपैयाँ

निम्न–माध्यामिक तह श्रेणी
निम्न–माध्यामिक तह (प्रथम श्रेणी) – ५८,०९४ रुपैयाँ
निम्न–माध्यामिक तह (द्वितीय श्रेणी) – ५५,३३७ रुपैयाँ
निम्न–माध्यामिक तह (तृतीय श्रेणी) – ४३,९९४ रुपैयाँ

प्राथमिक तह श्रेणी
एसएलसी उत्तीर्ण (प्रथम श्रेणी) – ५५,३३७ रुपैयाँ
एसएलसी उत्तीर्ण (द्वितीय श्रेणी) – ४३,९९४ रुपैयाँ
एसएलसी उत्तीर्ण (तृतीय श्रेणी) – ३९,४८४ रुपैयाँ

दुई विषयसम्म एसएलसी अनुत्तीर्णः ३३,१३२ रुपैयाँ
दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्णः ३१,२९६ रुपैयाँ

अब हेर्नुहोस् निजामति कर्मचारीको तलब

मुख्य सचिवः ७७,२११
सचिवः ७२,०८२ रुपैयाँ
सहसचिवः ५६,७८७
उपसचिवः ४८,७३७ रुपैयाँ
शाखा अधिकृतः ४३,६८९ रुपैयाँ
नायब सुब्बाः ३४,७३० रुपैयाँ
खरिदारः ३२,९०२ रुपैयाँ
मुखियाः २७,६१२ रुपैयाँ

यसरी सामुदायिक विद्यालयका शिक्षक र निजामती कर्मचारीले पाउने तलब स्केललाई तुलना गर्ने हो भने शिक्षककै तलव स्केल राम्रो देखिन्छ । निजामति कर्मचारीले भन्दा कम सुविधा छ भन्ने शिक्षकको दाबी आफैं निराधार रहेको उल्लेखित विवरणबाट स्पष्ट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *