Main News

परराष्ट्र नीतिमा साझा सहमति बनाउनुपर्नेमा जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ५ गते १५:५०
परराष्ट्र नीतिमा साझा सहमति बनाउनुपर्नेमा जोड (भिडियो रिपोर्टसहित)

५ असोज २०८० काठमाडौं । सांसदहरुले परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताएका छन् ।

सिंहदरबारमा आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरुले परराष्ट नीतिमा साझा सहमति हुनु पर्नेमा जोड दिएका हुन ।

समिति सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताउनु भयो ।

बैठकमा नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भारत, चीन, अमेरिका, बेलायत लगायतका देशहरुबाट आइरहेको डेलिगेशनमा अपडेट हुनुपर्ने बताउनु भयो ।

नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताउनु भयो ।

उहाँले युक्रेन–रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *