Main News

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी

हिमालय टिभी
२०८० असोज ५ गते १३:२५
सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी

५ असोज २०८० काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ ।

मूर्ति सेलाउने क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवादपछि प्रशासनले राति १० बजेदेखि लागू हुनेगरी अनिश्चितकालिन कर्फ्यू लगाएको हो । हिजो साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो ।

प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो । त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसपछि सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

कर्फ्यू लगाइएको नगरक्षेत्र क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न पाइने छैन ।

यसअघि कृष्णष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही बस्तीमा दुबै समुदायबीच भएको झडपपछि कर्फ्यु र निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *