Main News

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन

हिमालय टिभी
२०८० असोज ५ गते १३:२२
राष्ट्रसंघको महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन

५ असोज २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनु भएको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा प्रधानमन्त्री प्रचण्डले नेपाल शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागि परेको विश्व समुदायलाई जानकारी गराउनु भएको हो । नेपाल सरकारको प्रमुख एजेण्डाको रुपमा रहेको शान्ति प्रक्रियाका बाँकी काम आफ्नै छुट्टै शैलीबाट टुंग्याउने उहाँको जिकिर छ।

प्रधानमन्त्री र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

शान्ति, न्याय र परिपूरणबीचको सन्तुलन कायम राख्दै संक्रमणकालीन न्यायका बाँकी काम टुंगो लगाउने गृहकार्य अन्तर्गत संसदमा त्यस सम्बन्धी संशोधन विधेयक पेश गरिएको जानकारी पनि दिनुभयो ।

पीडित, सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने उहाँले प्रतिबद्धता जनाउनु भयो । त्यस्तै उहाँले आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायलाई अपिल गर्नुभयो ।

भूराजनीतिक प्रतिस्पर्धा, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवादका कारण विश्व शान्ति र सुरक्षामा चुनौती बढ्दै गएको बताउँदै राष्ट्रसंघको बडापत्रको प्रमुख लक्ष्यमा समेत गम्भीर असर परेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड आज उतैबाट सात दिने चीनको औपचारिक भ्रमणमा जाने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *