Main News

कार्यशैली सच्याउन सभापति देउवालाई नेता कोइरालाको सुझाव

हिमालय टिभी
२०८० असोज ३ गते १६:२८
कार्यशैली सच्याउन सभापति देउवालाई नेता कोइरालाको सुझाव

३ असोज २०८० काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन सुझाव दिनुभएको छ ।

आज कोइराला पक्ष नेताहरूको भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर नेता कोइरालाले सभापतिको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सच्चिन सुझाव दिनुभएको हो ।

शेखरसँगै उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

देउवासँगको भेटमा संस्थापनइतरका नेताहरुले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको बताएका थिए ।

देश र पार्टी कमजोर भएपनि यसबीचमा पार्टीभित्र गम्भीर छलफल नभएको नेता कोइरालाको गुनासो थियो । प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने जवाफ दिनुभएको थियो । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलिबाट सुरु हुँदैछ ।

बैठकअघि शेखर–गगन पक्षको मंगलबार बसेको बैठकले पार्टीमा देउवा पक्षले एकलौटी गरेको र गत साउनमा बसेको केन्द्रीय समितिले तय गरेको कार्यसूची प्रभावित हुने आशंका गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *