Main News

कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कोइराला समूहको भेला, देउवालाई यस्तो सन्देश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज २ गते २०:३३
कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा कोइराला समूहको भेला, देउवालाई यस्तो सन्देश (भिडियो रिपोर्टसहित)

२ असोज २०८० काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ । तर बैठक अघि कांग्रेसमा पुनः गुट सक्रिय भएको छ ।

यसअघिको केन्द्रीय समितिको बैठकमा सभापतिको पक्षपोषणमा लागेको आरोप खेपेका शेखर कोइराला बैठकको पूर्वसन्ध्यामा आफ्नो उपस्थिति जनाउन खोज्दैछन् । गुटको बैठकको मुख्य उद्देश्य समितिको बैठकमा प्रस्तुत हुने एजेन्डामा सभापति शेरबहादुर देउवालाई एक्ल्याउने रणनीतिको रूपमा हेरिएको छ । तर अपेक्षा गरिएका पात्र विश्वप्रकाश शर्मा र प्रदीप पौडेल अनुपस्थित हुँदा इतरपक्षको गुट नजुट्दै फेरि तित्तरवित्तर हुने सम्भावना देखिन्छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पूर्वनिर्धारित तालिकमा बस्दैछ । दुई महिनामा बैठकमा कस्ता एजेन्डालाई प्रवेश गराउने भन्नेमा संस्थापन इतर पक्षले मंगलबार शेखर कोइरालाको अध्यक्षतामा गुटको भेला बस्यो । भेलाले दुईवटा सन्देश संस्थापन पक्षलाई दिन खोजेको छ । एक गुट सेलाएको छैन ।

अर्को इतर पक्षलाई कमजोर आक्न मिल्दैन । यही सन्देश दिन बसेको भेलामा आमन्त्रण गरिएका दुई नेता भने उपस्थित भएनन् । विश्वप्रकाश शर्मा र प्रदीप पौडेल । यदी यी दुई नेता मंगलबार गुटको भेलामा आएको भए सभापति शेरबहादुर देउवालाई केही हदसम्म गुटले दिन खोजेको सन्देशले केही झकझकाउँथ्यो । तर अनुपस्थितिले भने अनेक जिज्ञासालाई फेरि सतहमा ल्याएको छ ।

संस्थापनसमूहभित्रको असन्तुष्टिमा खेल्ने र संस्थापनसमूहमा नरहेका नेतालाई पनि समेटेने ध्याउन्नमा कोइराला भेला केन्द्रित हुन थालेको सन्देश भने प्रवाह भएको छ । कारागारमा गएर संस्थापन पक्षका नेता बालकृष्ण खाँणलाई भेट्नु भएका कोइरालाले यसपटक गुटको बैठकमा महामन्त्री शर्मा र नेता पौडेललाई बैठकको निमन्त्रणा दिनुले कोइराला गुटको उदय हुने संकेत देखिन्छ ।

१४औं महाधिवेशनमा कोइराला समुहबाट गगन थापा महामन्त्री बन्नुभयो । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित हुँदा कृष्णप्रसाद सिटौला समूहमा रहेका पौडेल महामन्त्रीमा पराजित हुनुभयो । तर, पौडेल लामो समय संस्थापन समूहमा रहनुभएन । संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिनुभयो । तर, उहाँहरु महामन्त्री थापा गुटका नेता शेखरका पक्षमा भने खुल्न तयार भने छैनन् । यसले फेरि नयाँ गुट बन्छ वा शर्मा रपौडेल कोइराला गुटमा प्रवेश गर्छन् भन्ने टुंगो छैन ।

गुट कतिको बलियो बन्ला यसले देउवालाई हायलकायल बनाउला वा नबनाउला भन्ने समयले बताउला । तर मंगलबारको भेलाले यो पटक केन्द्रीय समितिको बैठकमा सत्ता गठबन्धन र सरकारका बारेमा तिखो टिप्पणी गर्ने निश्चितप्राय छ । गठबन्धन गरेर आगामी निर्वाचनमा सहभागी हुन नमिल्ने, सरकारको कामकारवाहीमा चित्त नबुझेको कुरा भेलाले मंगलबार नै खुलाएको छ । साथै १४ औँ महाधिवेश आउन दुई वर्ष बाँकी रहेपनि अहिलेदेखि नै नेतृत्व परिवर्तन गर्न कोइराला समूह र महामन्त्री थापाको हतारोले पार्टीभित्र ध्रुविकरण बढाउने पक्का छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *