विधान विपरीत गतिविधि नगर्न कांग्रेस संस्थापन इतर समूहको खबरदारी
२ असोज २०८० काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विधान विपरित गतिविधि नगर्न नेतृत्वलाई खबरदारी गर्ने निष्कर्ष निकालेको छ ।
नेता शेखर कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको संस्थापन इतर समूहको बैठकले विधानविपरित भातृ संगठनको नयाँ समिति गठन, मनोनय र गत केन्द्रीय समिति बैठकको निर्णय उल्लंघन गरेको भन्दै खबरदारी गर्ने निष्कर्ष निकालेको हो ।
शेखर(गगन समुहको भेलामा यसअघि कतैतिर नखुलेका र देउवाले केन्द्रीय कार्यसमिति सदस्य मनोनित गरेपछि देउवा तिर लागेका भनिएका नेता मीनेन्द्र रिजाल पनि भेलामा सहभागी हुनुभयो ।
बैठकमा असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकको एजेण्डाबारे पनि छलफल भएको नेता दिलेन्द्र बडूले जानकारी दिनुभयो । महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल भने सहभागी हुनु भएन । बैठकमा शर्मा र पौडेललाई पनि बोलाइएको थियो ।
महामन्त्री शर्माले फरक विचार र समूह हुनु स्वभाविक भए पनि अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माण गर्ने समय भएको बताउनु भयो ।
उहाँले दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक रहेको भन्दै महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रति सजग रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया