Main News

संवादमा आउन शिक्षक महासंघलाई सरकारको आह्वान

महासंघद्वारा वार्ता अस्वीकार

हिमालय टिभी
२०८० असोज २ गते १७:३८
संवादमा आउन शिक्षक महासंघलाई सरकारको आह्वान

२ असोज २०८० काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानले परिकल्पना गरेको शिक्षा व्यवस्थाको प्रतिकुल नहुनेगरी संसदमा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको अर्थतन्त्रले धान्न नसक्ने माग र संविधान प्रतिकूल हुनेबाहेक सबै विषयमा छलफल गर्न सरकार तयार रहेको स्पष्ट गर्नुभयो ।

सरकारले संसदमा दर्ता गराएको विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले भोलिदेखि विद्यालय नै बन्द गरेर आन्दोलनको घोषणा गरेकोप्रति लक्षित गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काको यो धारणा आएको हो । उहाँले छलफल र सहकार्यबाट समाधान सबैकुरा समाधान गर्न सकिने बताउनु भयो ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले शिक्षा क्षेत्रमा रुपान्तरणको आवश्यकता महशुस गरेको बताउनु भयो । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारले प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गर्दै वार्तामार्फत गुनासो समेट्ने प्रयत्न गरिने बताउनुभयो ।

विधेयकमा असहमति राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको शिक्षक महासंघले भने वार्तामा नजाने घोषणा गरेको छ । संसदमा दर्ता भएको विधेयकमा सरकारले केही परिवर्तन गर्न नसक्ने भन्दै उनीहरूले आन्दोलनका कार्यक्रममा कुनै परिवर्तन नहुने अडान लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *