पृथ्वी राजमार्ग १७ दिनसम्म दैनिक चार घण्टा बन्द रहने

१ असोज २०८० धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरेखोला नजिकको पूर्वी सडकखण्ड १७ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ ।
यही असोज ४ देखि असोज २० गतेसम्म राति ११ बजेदेखि बिहान ०३ बजेसम्म दैनिक रातको समयमा चार घण्टा बन्द गर्न लागिएको हो ।
अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेको भन्दै अब रातको समयमा सडक बन्द गरेर काम गरिने भएको छ ।
सडक विस्तारको क्रममा जोखिम रहेको भन्दै सड़क आयोजनाको माँग आएपछि जिल्ला प्रसाशन कार्यालय धादिङ र सरोकारवालाको बैठकले सम्बन्धित सबै सरोकारवालाहरुलाई पत्राचार गराइएको उनले बताए ।
उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए ।
सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रैको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो ।
प्रतिक्रिया