Main News

टेलिकम सुरुङ्गा शाखाका निमित्त प्रमुख सुवेदी बेपत्ता

हिमालय टिभी
२०८० असोज १ गते १०:३४
टेलिकम सुरुङ्गा शाखाका निमित्त प्रमुख सुवेदी बेपत्ता

१ असोज २०८० झापा। नेपाल टेलिकम सुरुङ्गा शाखाका निमित्त कार्यालय प्रमुख दिलीप सुवेदी बेपत्ता भएका छन् ।

शनिबार बिहान ९ बजेदेखि कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट सुवेदी बेपत्ता भएका हुन् ।

बेपत्ता सुवेदीको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले प्रहरीलाई हुलियासहितको निवेदन दिएको उहाँले जानकारी दिनुभयो ।

अधिकृत छैठौ तहका कर्मचारी ३१ वर्षीय सुवेदीकी श्रीमती ब्रजुनाले आफ्ना श्रीमानसँग अन्तिम पटक हिजो बिहान ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताउनुभयो ।

फेरि १२ बजे कुरा गर्दा मोबाइल अफ पाएको उहाँले बताउनभयो । विराटनगर नगरपालिका–४ राजवंशी चोक स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *