Main News

एकीकृत समाजवादीमा अपानिको आतंक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ३० गते २०:३९
एकीकृत समाजवादीमा अपानिको आतंक (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीमा अहिले अन्तरपार्टी निर्देशन अपानि आतंक छ । अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र छलफल नै नगरी एकल निर्णय गर्दै अपानि जारी गर्नुभएको थियो ।

जसमा महाधिवेशनको तयारीदेखि नेतारकार्यकर्ताको जिम्मेवारी हेरफेरसम्म छ । यसरी जारी भएको अपानि नमान्ने भन्दै अहिले पार्टीभित्र विरोध सुरु भएको छ । जसको नेतृत्व सम्मानित नेता झलनाथ खनालले गरिरहनुभएको छ ।

असोज १ गते सचिवालय बैठकबाट नसच्चिए त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी अध्यक्षले लिनुपर्ने खनालले चेतावनी दिनुभएको छ । किन अपानिप्रति असन्तुष्टि हो भनेर सहकर्मी रामचन्द्र पौडेलले खनाललाई सोध्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *