Main News
युवाको भविष्य नसोचे परिवर्तन सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड (भिडियो रिपोर्टसहित)
२०८० भदौ ३० गते १७:१०

३० भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास लक्ष्य, सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकुल बनाउँदै युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार सम्पूर्ण रुपले प्रतिबद्ध रहेको बताउनु भएको हो ।
उहाँले विदेशमा रहेका लाखौँ नेपाली युवाको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया