Main News
मोरङमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु
२०८० भदौ ३० गते १४:३७
३० भदौ २०८० मोरङ । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षीया समीक्षा माझी र १० वर्षीया रेजिना खवासको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले दुई बालिकालाई डुबेको अवस्थामा आज बिहान स्थानीय बासिन्दाले फेला पारेको जानकारी दिनुभयो ।
कोसी अस्पताल पुर्याइएको दुई बालिकालाई चिकित्सकले मृत घोषित गरेका थिए ।
प्रतिक्रिया