Main News

राति घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु

हिमालय टिभी
२०८० भदौ ३० गते १४:३५
राति घरमा आगलागी हुँदा आमाछोरीको मृत्यु

३० भदौ २०८० सल्यान । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर २ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उहाँकी ९ महिने छोरी ऋतुको मृत्यु भएको हो ।

गएराति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरुको शव जलेको अवस्थामा बिहान फेला परेको हो । आगलागी कारण खुलेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *