Main News

प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाँदै

हिमालय टिभी
२०८० भदौ ३० गते ७:२९
प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाँदै

३० भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुहुँदै छ।

उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो। आगामी असोज ४ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माण २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुहुने छ।

महासभामा विशेषगरी दिगो विकासका लक्ष्यहरू एसडीजी कार्यक्रममा मुलुकको कार्यप्रगतिको समीक्षा, क्लाइमेट एम्बिसन समिटमा सहभागिता, फाइनान्सिङ डेभलपेन्ट, एलडीसीको अध्यक्षतामा बैठक सञ्चालन गर्नेलगायत करिब एक दर्जन कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।

उहाँ अमेरिकाबाटै असोज ५ गते चीन जाु हुनेछ ।प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिन पीङ्बीच हाङजाओमा भेटवार्ता हुनेछ । यस्तै १९ औँ एसियन गेम उद्घाटन कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।

असोज ८ मा समकक्षी लि छियाङसँग बेइजिङमा भेटवार्ता हुने कार्यसूची तय भएको छ । चीनको चङकिङ महानगरपालिकामा विज्ञान तथा प्रविधिको क्षेत्रको अवलोकन गर्नेदेखि तिब्बत भ्रमण समेत गर्ने कार्यसूची छ ।

भ्रमण टोली ठूलो भएको आलोचना भएपछि २४ सदस्यीय टोलीलाई घटाएर १२ मा झारिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *