Main News

उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको सिफारिस

हिमालय टिभी
२०८० भदौ २९ गते १७:०३
उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको सिफारिस

२९ भदौ २०८० काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि २७ जनाको नाम सिफारिस गरेको छ । ६० जना न्यायाधीशको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वभरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

न्याय, कानून, सरकारी वकिल, कानुन व्यवसायी र कानुन मन्त्रालयसहितका योग्यता पुगेका व्यक्तिलाई समेटेर नियुक्तिको सिफारिस गरिएको न्याय परिषद्ले जनाएको छ । संविधानको धारा १४० मा न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले न्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ ।

२०७८ सालदेखि रोकिएको न्यायाधीश नियुक्तिको बाटो खुलेको हो । यो सँगै अब उच्च अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्चसम्म नियुक्तिका लागि सिफारिस सुरु हुनेछ । सर्वोच्च अदालतमा समयमै न्यायाधीश नियुक्त हुन नसक्दा मुद्दाको चाप बढेको छ । सर्वोच्च अदालतमा अहिले ६ न्यायाधीशको पद खाली छ ।

उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ र जिल्लामा ३८ न्यायाधीश पद रिक्त छन् । राजनीतिक भागबण्डाका आधारमा बन्ने न्यायपरिषदको संरचनाले समयमै निर्णय गर्न नसक्दा न्यायापालिकामा लामो समय न्यायाधीश नियुक्त हुन नसकेका हुन ।

प्रधानन्याायधीश अध्यक्ष हुने परिषद्‍मा कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, रामप्रसाद श्रेष्ठ र रामप्रसाद सिटौला सदस्य हुनुहुन्छ ।

बैठकले उच्च अदालतका ३४ र जिल्ला अदालका २६ जना न्यायधीशको सरुवासमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *