Main News

कान्तिमा बालिकाको मृत्यु : अस्पतालमा कार्यरत जनशक्तिको कमजोरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २९ गते १६:५२
कान्तिमा बालिकाको मृत्यु : अस्पतालमा कार्यरत जनशक्तिको कमजोरी (भिडियो रिपोर्टसहित)

२९ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्ति बाल अस्पतालमा ५ वर्षीया बालिकाको मृत्यु भएको विषयमा अस्पतालमा कार्यरत जनशक्तिको कमजोरी भेटिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले बालिका मृत्यु प्रकरणमा अस्पतालले गठन गरेको छानबिन समितिले आकस्मिक कक्षमा कार्यरत जनशक्तिले भूमिका निर्वाह गर्न नसक्दा घटना भएको निष्कर्ष निकालेको बताउनुभएको हो ।

उहाँले अस्पतालमा सुधार गर्नुपर्ने विषय समेत प्रतिवेदनमा उल्लेख गरिएको सदनलाई जानकारी दिनुभयो । प्रतिवेदनले अस्पतालले आफ्नो तहबाट थुप्रै सुधार गर्नुपर्ने र सरकारको सहयोगको आवश्यकता समेत औल्याएको प्रधानमन्त्रीको भनाइ छ ।

लगातारको बान्ता र ज्वरोले थलिएकी रेजिशा गोपालीलाई भदौ १८ गते आमा र हजुरबुबाले उपचारका लागि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएका थिए । तर, दुई घन्टासम्म पनि उपचार नपाउँदा बालिकाको मृत्यु भएको थियो ।

भदौ २२ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरुले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले पनि घटनाबारे जानकारी गराउन सरकारलाई रलिङ गर्नुभएको थियो । सोही विषयमा प्रधानमन्त्री प्रचण्डले आज प्रतिवेदनको निष्कर्ष सुनाउनुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *