Main News

सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

हिमालय टिभी
२०८० भदौ २९ गते १६:०८
सर्वोच्चका प्रस्तावित न्यायाधीश विनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

२९ भदौ २०८० काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले सुनुवाइपछि शर्माको नाम सर्वसम्मतिले अनुमोदन अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिनुभयो । सुनुवाइ समितिमा शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको थियो । अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्ने दावी गर्नुभयो ।

ओखलढुंगा घर भएका ६२ वर्षीय शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । भदौ १५ मा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । गत वर्ष भदौमा पनि शर्माको नाम सिफारिस भएको थियो ।

त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *