Main News

राप्रपाको अभियान, राजासहित हिन्दुराष्ट्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २७ गते २०:२५
राप्रपाको अभियान, राजासहित हिन्दुराष्ट्र (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० काठमाडौं । राजासहितको हिन्दु राष्ट्र माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सडकमा उत्रिएको छ ।

बुधबार काठमाडौंमा प्रदर्शन गरेको राप्रपाले प्रमुख तीन राजनीतिक दललाई राजसंस्थालाई अभिभावक मानेर अघि बढ्न सुझावसमेत दियो । यो सँगै राप्रपाले राजा र हिन्दू राष्ट्रका लागि देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले दिल्लीमा भएको १२ बुँदे सम्झौताको बाटोबाट मुलुक दुर्घटनामा फस्ने निश्चित भएको जिकिर गर्नुभयो । यति मात्र होइन उहाँले मुलुकका तीन राजनीतिक दललाई अब राज संस्थालाई अभिभावक मानेर अघि बढ्न सुझावसमेत दिनुभयो ।

जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था मुलुकको लागि हितकर हुने उहाँको भनाइ थियो ।

राप्रपाको प्रदर्शनका मुख्य पाँच माग छन् । गौबध बन्द गर्नु पर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नु पर्ने, महँगी नियन्त्रण गर्नु पर्ने, स्वदेशमै रोजगारीको सूनिश्चितता गर्नुपर्ने र हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने ।

भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको प्रर्दशन रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने सबैको एकै स्वर थियो गौबध बन्ददेखि राजासहितको हिन्दुराष्ट्र स्थापना ।

काठमाडौंबाट सुरु भएको राप्रपाको विरोधका कार्यक्रम देशैभर गर्ने तयारी छ । पछिल्लो समय सम्प्रदायिक हिंसा बढ्दै गएको, संघीयता देशका लागि बोझ भएको राप्रपाको निश्कर्ष छ । नेपाल धार्मिक द्वन्द्व निकटमा रहेको समेत राप्रपाको बुझाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *