Main News

चर्चामा धरान : के हो धरानका उपमेयरको घरमा भएको घटना ? (भिडियो रिपोर्टसहित)

२०८० भदौ २७ गते २०:२१
चर्चामा धरान : के हो धरानका उपमेयरको घरमा भएको घटना ? (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० सुनसरी । पछिल्लो समय धरान चर्चामा छ । कहिले गौवंश हत्याले त कहिले चर्च काण्ड । अहिले फेरि धरान उपमेयरको फेसबुक लाइभ काण्डले चर्चामा छ । उपमेयरका भाईले स्थानीय एक युवालाई धारिलो हतियार प्रहार गरी शक्त घाइते बनाए ।

उक्त घटनालाई अतिरञ्जीत बनाउदै उपमेयरले आफ्नो घरमा साङ्घातिक हमला भएको भन्दै फेसबुक लाइभ गरे । र, प्रहरी प्रशासनलाई गाली गरे । लाइभमा आफ्नो घरमा आक्रमण गर्दै भाइमाथि आक्रमण भएको बताएपनि खासमा आक्रमण उनका भाइले अर्का युवालाई गरेका हुन् । र, उनको घरमा पनि घटना नभएको पाइएको छ ।

धरान उपमहानगर पालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले मंगबार साझ फेसबुक लाइभ गर्दै आफ्नो घरमा सांघातिक हमाल भएको तर प्रहरी नआएको आरोप लगाउनुभयो । धरान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नवराज मल्ललाई लाइभ गर्दै हप्काएको यो सुन्नुहोस् ।

तर उपमेयरका भाइ विष्णुको समुहले धारिलो हतियार प्रहार गरि सन्देश राईलाई गम्भिर घाइते बनाए पछि उपमेयरले घटनालार्ई अतिरन्जित बनाउन खोज्नुभएको थियो ।

तर, विष्णुले आक्रमण गरेका परिवारले भने आफ्नो छोरालाई बचाइदिन अनुरोध गरिरहेका छन् ।

उपमेयरका भाइ विष्णुसहितको समुहले स्थानिय सन्देश राईलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएका थिए । सन्देशको अवस्था चिन्ताजनक छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्याक्रिया पछि सघन उपचार कक्षमा राखेर उपचार भर्ईरहेको छ । घटनामा संलग्न उमेयरका भाई सहित ८ जनालाई इलाका प्रहरीले पक्राउ गरि अनुसन्धान सुरु गरेको छ ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका उपमेयरका भाइ बिष्णुुसहित ३ जनालाई ज्यान मार्ने उद्योगमा मुद्धा दर्र्ता गरि कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । घट्ना मंगलबार साँझ साढे ५ बजेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *