क्यान्सर छेक्ने एचपीभी खोप के हो ? (भिडियो रिपोर्टसहित)
२७ भदौ २०८० काठमाडौं । नेपालमा ८० प्रतिशत पाठेघर मुखको क्यान्सर एचपीभी प्रजाति १६ र १८ वर्षको उमेरबाट भएको देखिन्छ । तथ्यांक अनुसार यो रोगबाट हालसम्म दुई जनाको मृत्यु भएको छ ।
यो रोगबाट मृत्यु हुने दर बढ्न नदिन सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र वार्षिक बजेटमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिने घोषणा गर्दै आएको थियो । सधैँ घोषणामै सीमित भएको यो कार्यक्रम विश्व स्वास्थ्य संगठनले निःशुल्क खोप परीक्षण अभियान चलाएपछि आजबाट नेपालमा सुरु भएको छ । तर, यो खोप के प्रभावकारी छ त ?
एचपीभी पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हो । नेपालमा महिलामा हुने क्यान्सरमध्ये एचपीभी प्रमुख कारण देखियो । सभाईकल क्यान्सर गराउने एचपीभी भाइरसले गर्दा भएको अध्ययनले देखाएको छ । सन् २०२० को तथ्याङ्कले पाठेघरको मुखको क्यान्सर तीन जनालाई लाग्यो भने दुई जनाको मृत्यु भएको देखाएको छ ।
सरकारले यही कारणले पाँच वर्षदेखि निरन्तर यो खोप लगाउने घोषणा गर्दै नीति तथा कार्यक्रममा समावेश गर्दै आएको थियो । गत महिना विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सरको खोप वितरण निःशुल्क परीक्षण गर्ने घोषणा गरसँगै सरकारले पनि बुधबारबाट यौन सम्पर्क हुने उमेरबाट अगाडि लगाउँदा यसले प्रभावकारी ढंगले काम गर्ने भएसँगै यो १० वर्षदेखि १४ वर्षको उमेर समुहलाई लगाइँदैछ ।
सात वटा प्रदेशका सात वटा अस्पतालबाट सञ्चालन गरिने भएपनि स्वास्थ्य सेवा विभागसँग २० हजार मात्रा खोप छ । नौ हजार आठ सय जना खोप लगाउन पुग्ने सरकारी दावी छ ।
एचपीभी खोपले के गर्छ ?
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । एचपीभी भाइरसविरुद्धको खोप भएकाले भाइरस शरीरमा छिर्नुभन्दा अगाडि लगाएमा मात्रै प्रभावकारी हुने गर्छ ।
कस्ता लक्षणहरू देखा पर्छन् ?
यसले पाठेघरको मुखमा क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्ग क्यान्सरसमेत गराउन सक्दछ ।
सुरुको अवस्था धेरैजसोमा लक्षण र चिन्हहरू देखिँदैन । अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ । पछि गएर तल्लो पेट दुख्ने अनियमित रुपले रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने रक्तअल्पताजस्ता लक्षण देखिन्छन् ।
नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख बनेको छ । एचपीभी खोपले ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिमलाई घटाउँछ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने छ । खोपको मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान हुने दावी छ ।
खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने,रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी हुने भएपनि यी सामान्य लक्षण भएको विभागले जनाएको छ । खोपको शुभारम्भ परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नतेले बुधबार गर्नुभएको थियो ।
प्रतिक्रिया