Main News

सरकारको काम कारवाही ठिक छैन : झलनाथ खनाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २७ गते १७:५६
सरकारको काम कारवाही ठिक छैन : झलनाथ खनाल (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० धनुषा । सत्ताघटक नेकपा समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारको काम कारवाही ठिक नभएको भन्दै नसच्चिए धेरै दिन नटिक्ने चेतावनी दिनुभएको छ ।

जनकपुर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै नेता खनालले सरकारको रबैया यस्तै रहे धेरै दिन टिक्न नसक्ने चेतावनी दिनु भएको हो ।

पूर्वप्रधानमन्त्री खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने आशंका व्यक्त गर्नुभएको हो ।

समाजवादी मोर्चाका कारण कांग्रेस सशंकित हुनुपर्ने कारण केहि पनि नरहेको भन्दै उहाँले गठबन्धनलाई मोर्चा भन्दा पनि सरकारबाट जोखिम रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *