Main News

एचपीभी खोप सबै किशोरीले पाउने व्यवस्था मिलाउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २७ गते १७:५४
एचपीभी खोप सबै किशोरीले पाउने व्यवस्था मिलाउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० काठमाडौं । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस अर्थात एचपीभी विरुद्धको खोप लगाउनु शुरु गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा खोप लगाउने कार्यको शुभारम्भ गर्नुभयो । यसँगै खोप सेवा आजैदेखि सबै प्रदेशका संघीय अस्पतालबाट पनि शुरु भएको छ ।

मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाटै खोपको शुरुवात गर्ने निर्णय लिइएको बताउनु भयो । तत्कालका लागि सिमित स्रोत र साधन भएपनि छिट्टै खोप सबै किशोरीले पाउने गरी व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनु भयो ।

यो खोप १४ वर्ष उमेर पूरा भइ १५ वर्ष ननाघेका किशोरीलाई निशुल्क लगाइने छ । सरकारले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप निर्यात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *