Main News

कहिले बन्ला मध्यपहाडी लोकमार्ग ? (भिडियो रिपोर्टसहित)

२०८० भदौ २७ गते १७:१२
कहिले बन्ला मध्यपहाडी लोकमार्ग ? (भिडियो रिपोर्टसहित)

२७ भदौ २०८० पाँचथर । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु मानिएको भारतसँग सिमाना जोडिएको पाँचथरको चिवाभञ्याङ देखि थर्पु बजारसम्मको सडक कालोपत्रे गर्ने काममा चरम लापरवाही भएको छ ।

तीन प्याकेजमा लगाइएको ठेक्काको सम्झौता मिति सकिएर एक वर्ष म्याद थप्दा पनि केवल १४ प्रतिशतमात्र काम भएको छ । कुनै अवरोध नहुँदा पनि निर्माण कम्पनीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य प्रभावित मात्रै भएको छैन, यो क्षेत्रका बासिन्दाले ठूलो समस्या भोग्नु परेको छ ।

भारतसँग सिमाना जोडिएको चिवाभञ्याङ जोड्ने सडक महत्वपूर्ण मानिएपनि काम हुन सकेको छैन । भारतको सिक्किम सरकारले केहि वर्ष अगाडि मात्र बनाउन सुरु गरेको सडकमा अहिले गाडी सहजै गुड्छन् । तर बर्षौ अगाडि ट्र्याक जोडिएको नेपालको सडकमा सकसपूर्ण ढंगले गाडी पुग्छ ।

सिक्किम सरकारले उत्तरे भन्ने ठाँउबाट २२ किलोमिटर सडक बनाई कालोपत्रेका लागि ठेक्का समेत लागेको छ । यता मध्यपहाडी लोकमार्गको सडकको काम कालोपत्रे गर्न ठेक्का लगाइएपनि ठेकेदारले लापरवाही गरिरहेका छन् । पटक पटक प्रयास गर्दा पनि काम नभएपछि पेस्की तान्नलाई बैँकलाई पत्राचार गरिएको छ ।

२०७७ साल माघमा पाँचथरको उत्तरी च्याङथापु बजारमा लोकमार्गको कालोपत्रे गर्ने कामको शुभारम्भ गर्दा यो क्षेत्रका बासिन्दा निक्कै उत्साहित थिए । ५० दशमलव ६४ किलोमिटर सडकको कालोपत्र गर्ने गरी १ अर्ब ४७ करोड १ लाख २० हजार ५ सय १० रुपैँयाको ठेक्कामा लागेको थियो ।

राष्ट्रिय गौरवको अयोजनाको काम नै प्रभावित भएको छ । तीनवटा प्याकेजमा पहिलो प्याकेज रोशन शिवशक्ति जेभी, दोश्रो प्याकेज सन्तोषी शिवशक्ति जेभी र तेश्रो प्योकज रोशन शिवभक्ति जेभीले ठेक्का पारेका थिए । चिवाभञ्याङदेखि च्याङ्थापु, फलैचा, ओयाम हुदै थर्पु जोडिन्छ । यि ग्रमीण बजार हुन् । यो क्षेत्रमा ११ बर्ष अगाडि लोकमार्गको सडक पुगेको थियो । सडक नबन्दा स्थानीय सास्ती भोग्न बाध्य छन् ।

मध्यपहाडका २६ जिल्ला जोड्ने १ हजार ८ सय ७९ किलोमीटर यो लोकमार्गको काम अवरुद्ध हुँदा राष्ट्रिय लक्षमा पनि असर परेको छ । समयमा काम नहुँदा बर्षेनी बजेट फ्रिज हुने गरेको छ । पाँचथर र ताप्लेजुका विभिनन गाँउलाई सुविधा पुग्ने सडक कालोपत्रे नुहँुदा गाडी सञ्चालनमा समस्या छ । यो सडक कालोपत्रे हुँदा बहुआयामिक फाइदा पुग्ने स्थानीयको अपेक्षा छ ।

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गका लागि सरकारले बजेटमा कञ्जुस्याइँ गरेको छैन । तर, पनि काम भने सोचेजस्तो हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग नेपालको सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्नेछ । एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *