सहपाठीको स्मरणमा सुवास नेम्वाङ (भिडियो रिपोर्टसहित)
२६ भदौ २०८० इलाम । संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख सुबासचन्द्र नेम्वाङको निधनमा सिंगो देश शोकमा छ । इलामका स्थायी बासिन्दा नेम्वाङको निधनमा उहाँका छरछिमेकी, सहपाठी एवं जिल्लाका पार्टी कार्यकर्ता पनि शोकमा परेका छन् ।
इलाम नगरपालिका ७ का कुमार बैद्यका छिमेकी हुनुहुन्थ्यो, सुवासचन्द्र नेम्वाङ । मंगलबार एकाविहानै बाल्यकालदेखि क्याम्पससम्मका सहपाठी गुमाएको पीडा वर्णन गर्न कठिन छ वैद्यलाई ।
गाहभरी आँशु पार्दै बैद्यले सानैदेखि सँगै खेलेको, पढेको, हुर्केको साथी देशको राजनीतिमा ठूलो पदमा पुग्दा जति गर्व गर्नुहुन्थ्यो, मृत्युले त्यति नै पीडा दिएको छ । आफ्नो मित्रको असामयीक निधनले जिल्ला र पार्टीमात्र नभई देशलाई ठूलो क्षति पुगेको उहाँको भनाइ छ ।
नेम्वाङको निधनले जिल्लाका सबै राजनीतिक दल र तीनका कार्यकर्ताले अभिभावक गुमाएका छन् ।
नेपाली राजनीतिका समन्वयकारी भूमिकाका प्रमुख पात्र नेम्वाङको निधनले सूर्योदयको जिल्ला इलाम शोकमा हुँदा उहाँले जिल्लाको विकासका लागि खेलेको भूमिका सधैं स्मरणीय हुनेछ ।
प्रतिक्रिया