Main News

त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो सुनसहित दुई जना पक्राउ

हिमालय टिभी
२०८० भदौ २६ गते १५:५३
त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो सुनसहित दुई जना पक्राउ

२६ भदौ २०८० काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको एक किलो सुन बरामद गरेको हो।

प्रहरीले सुनसहित दुई जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा संलग्न एकजना भने फरार भएका छन् । काठमाडौं प्रहरी परिसरका उपरीक्षक कुमुद ढुंगेलका अनुसार उक्त सुन दुबईबाट नेपाल भित्रिएको हो ।

प्रहरीका अनुसार तस्करहरुले मलद्वारमा लुकाएर सुन भित्र्याएका हुन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *