Main News

सभापति बन्ने दाउमा शशांक कोइराला (भिडियो रिपोर्टसहित)

२०८० भदौ २२ गते २१:१८
सभापति बन्ने दाउमा शशांक कोइराला (भिडियो रिपोर्टसहित)

२२ भदौ २०८० काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आउँदो महाधिवेशनमा आफू सभापति शेरबहादुर देउवाको उत्तराधिकारी हुनसक्ने बताएपछि कांग्रेसभित्र तरंग छ ।

विधानतः तेस्रो पटक सभापति लड्न नपाउने भएकाले पनि सभापति देउवाको उत्तराधिकारी को ? भन्ने चासोका बीच शशांकको अभिव्यक्तिले नयाँ तरंग ल्याएको हो । शशांको देउवाको उत्तराधिकारी बन्ने सम्भावना छ त ?

नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि १४औँ महाधिवेशनमा भने शशांक कोइराला चुप लागेर बस्नुभयो । तर आगामी महाधिवेशनमा भने आफूँ सभापति देउवाको उत्तराधिकारीका रुपमा आउने अभिव्यक्तिले कांग्रेसमा केही चर्चा सुरु भएको छ ।

त्यसो त पछिल्लो समय शशांकले कार्यकर्ता भेटघाट पनि बढाउनुभएको छ । यही शिलशिलामा बुधबार चितवनमा आयोजित एक कार्यक्रममा उहाँले आफूलाई भावी सभापतिको दाबेदारका रुपमा प्रस्तुत गर्नुभयो, त्यो पनि देउवाको समर्थनको दाबीसहित ।

कांग्रेस विधानले दुई कार्यकालभन्दा बढी सभापति हुन दिँदैन । त्यसकारण शशांक सभापतिको दौडमा अरुभन्दा पहिलै निस्कँदा माहेल बन्ने र सभापति देउवाको साथ पाउने ठान्नुहुन्छ । शशांक निकटस्थ आउँदो महाधिवेशनका लागि शशांकले सभापतिको तयारीलाई अब तीव्र पार्ने बताउँछन् ।

१४औं महाधिवेशनमा शशांक दाजु शेखरको पक्षमा खुल्नुभएन । उसो त सुजाताको साथ पनि शेखरले पाउनुभएन । अहिले शेखर पनि सभापतिकै दौडमा हुनुहुन्छ । सभापति देउवा नबिच्काउने नीतिमा रहेको भन्दै शेखरको आफ्नै समूहभित्र समेत आलोचना भइरहँदा शशांकको देउवाको समर्थनमा सभापतिको प्रत्यासी बन्ने संकेतले कोइराला परिवार आउँदो महाधिवेशनमा फेरि पनि एक ठाउँमा नहुने सम्भावना बढाएको छ । तर, सभापति देउवा निकटहरु अहिले नै कसले देउवाको समर्थन पाउँछ भनिहाल्न हतार हुने बताउँछन् ।

कांग्रेस नेताहरुको ध्यान एउटा महाधिवेशन लगत्तै अर्को महाधिवेशनमा देखिन्छ । कोइराला परिवारका शेखर र शशांकले आगामी महाधिवेशनमा सभापति लड्ने बताइसक्नुभएको छ । महामन्त्री गगन थापालाई पनि सभापतिका प्रत्यासीमा रुपमा हेरिएको छ । कम बोल्ने सभापति देउवाले कसैलाई ग्रीन सिग्नल भने दिइसक्नुभएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *