प्रसुती तथा स्त्रीरोग अस्पातलमा अनलाइन टिकटको व्यवस्था लागू
२० भदौ २०८० काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पातलले अनलाइन टिकटको व्यवस्था शुरु गरेको छ ।
अस्पतालले ६४ औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था शुरु गरेको हो ।
अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले गरिबीको रेखामुनी रहेकाहरुको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको बताउनु भयो ।
उहाँले मुलुकको एकमात्र महिला स्वास्थ्य सम्बन्धि केन्द्रिय विशिष्टीकृत अस्पतालले स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको बताउनुभयो ।
२०१६ साल भाद्र १० गते कृष्ण जन्माष्टमीको दिन ४० शैय्याबाट स्त्रीरोग अस्पातल शुरुवात भएको थियो ।
प्रतिक्रिया