Main News

एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा कँडेल विजयी

हिमालय टिभी
२०८० भदौ २० गते १३:२०
एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा कँडेल विजयी

२० भदौ २०८० रुपन्देशी । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी हुनुभएको छ ।

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले प्युठानका हरि रिजाललाई २ मतले पछि पार्नु भयो । कँडेलले ४७९ मत प्राप्त गर्दा रिजालको पक्षमा ४७७ मत परेको थियो ।

पदाधिकारीमा एक उपसचिव बाहेक सबै पदमा कँडेल प्यानलका उम्मेदवार विजयी भएका छन् । कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिनुहुन्छ ।

त्यस्तै सचिवमा लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित हुनुभयो । आचार्य पनि कंडेल पक्षका हुनुहुन्छ । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी हुनु भयो । महिला उपसचिवमा लीला राना विजयी हुनुभयो । बुढामगर रिजाल प्यानलका बांकी सबै कंडेल प्यानलका हुनुहुन्छ ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी बन्नु भयो । एक हजार ५ मतदाता रहेको निर्वाचनमा ९६५ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *