चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु पर्नेमा कांग्रेस सभापति देउवाको जोड
१९ भदौ २०८० काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताउनुभएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताउनु भयो ।
सभापति देउवाले नेपालले बिजुली बेच्न भारतको शर्त मान्नु पर्ने अवस्था रहेको बताउनुभयो ।
भारत सरकारको केन्द्रीय मन्त्रिपरिषद्ले सोमबार नेपालसँग १० वर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा खरिद गर्ने प्रस्ताव पारित गरेको हो । भारतले शसर्त बिजुली किन्ने तयारी गरिरहेका बेला देउवाको यो धारणा आएको हो ।
सभापति देउवाले सरकार र कर्मचारीतन्त्र एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताउनु भयो ।
प्रतिक्रिया