Main News
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
२०८० भदौ १९ गते १६:५४

१९ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले आसन्न चीन भ्रमणका बारेमा प्रमुख प्रतिपक्ष दलका नेतालाई जानकारी गराएको आचार्यले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाँदै हुनुहुन्छ । त्यहीँबाट उहाँ चीन भ्रमणमा जाने तयारी छ ।
प्रतिक्रिया