बिशेष

एसिया कप क्रिकेटः आशिफ शेखले बनाए अर्धशतक

हिमालय टिभी
२०८० भदौ १८ गते १८:२३
एसिया कप क्रिकेटः आशिफ शेखले बनाए अर्धशतक

१८ भदौ २०८० काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध शान्दार सुरुवात गर्ने क्रममा ओपनर आशिफ शेखले अर्धशतकीय पाली खेले । ८८ बलमा ओडिआई करियरको १० औं अर्धशतक बनाएका उनी ३० औं ओभरमा मोहम्मद सिराजको बलमा विराट कोहलीबाट क्याच भए ।

भारतविरुद्ध आफ्नो ४३ औं ओडिआई खेल खेल्दै गरेका ओपनर ओशिफ शेखले यस खेलमा स्मरणीय प्रदर्शन गरे । अर्का ओपनर कुशल भुर्तेलसँग ६५ रनको साझेदारी गर्दै उनले नेपालको शान्दार सुरुवात गरेका थिए ।

२८ औं ओभरको दोस्रो बलमा मोहम्मद सिराजको बलमा १ रन लिँदै आशिफले अर्धशतक पुरा गरे । ८८ बलमा आशिफले आफ्नो ओडिआई करियरको १० औं अर्धशतक पुरा गरेका हुन् ।

बलियो टोलीविरुद्ध नेपाललाई सम्हालिरहेका आशिफ ३० औं ओभरको पाँचौं बलमा ५८ रन बनाएर आउट भए । तीव्र गतिका बलर मोहम्मद शिराजको बलमा टप एज लागेर विराट कोहलीले सर्ट कभरमा एक हातले क्याच लिए । यसअघि सर्ट कभरमै कोहलीबाटै उनले १ रनमा जीवनदान पाएका थिए । तर आशिफको यो प्रदर्शन नेपालका लागि सम्झनलायक इनिङ्स बन्यो ।

सन् २०२१ मा पपुवा न्युगिनी पिएनजीसँग भएको ओडिआई सिरिजबाट आशिफले पहिलो पटक एक दिवसिय अन्तर्राष्ट्रिय खेलेका हुन् । त्यस खेलमा उनले ३० रन बनाएका थिए । आफ्नो चौंथो ओडिआईमा आशिफले पहिलो अर्धशतक बनाए ।

आईसिसी विश्व क्रिकेट लिग टु मा ओमानविरुद्ध उनले ९० रन बनाएका थिए ।
१० अर्धशतक बनाउने क्रममा उनले ओमान र पिएनजीविरुद्ध २–२ पटक तथा अमेरिका, स्कटल्याण्ड, युएई, नामिबिया, जिम्बावे र भारतविरुद्ध १–१ अर्धशतक बनाए । यसक्रममा ३ पटक उनी नटआउट रहे ।

पिएनजीविरुद्ध नै १ सय १० रनको शतकीय पाली समेत खेले । यो उनको अहिलेसम्मकै उच्च प्रदर्शन र एक मात्र शतक पनि हो । पछिल्लो पटक हरारेमा भएको एक दिवसिय विश्वकप छनोटमा आशिफले ६६ रन बनाएका थिए । भारतविरुद्ध ५८ रन बनाएसँगै आशिफले ४३ ओडिआई खेलमा १२ सय ५० रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्