Main News

तीन महिनापछि नेपाल एयरलाइन्सद्वारा ताप्लेजुङ–काठमाडौं उडान

हिमालय टिभी
२०८० भदौ १८ गते १४:३०
तीन महिनापछि नेपाल एयरलाइन्सद्वारा ताप्लेजुङ–काठमाडौं उडान

१८ भदौ २०८० ताप्लेजुङ । नेपाल एयरलाइन्सले झन्डै तीन महिनापछि ताप्लेजुङ–काठमाडौं हवाई उडान गरेको छ ।

आज बिहान काठमाडौंबाट सात जना यात्रु लिएर आएको विमान ताप्लेजुङवाट फुङलिङ नगरपालिका–९ हाङदेवाका एक जना यात्रु लिएर फर्किएको हो । जेठ २६ गतेयता हुन नसकेको उडान मौसममा सुधार आएसँगै सुरु भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

अब सोमबार, बिहीबार र शनिबार सातामा तीन दिन उडान हुनेछ । एयरलाइन्सले पहिलाको तुलनामा भाडादर पनि घटाएको छ । ताप्लेजुङ–काठमाडौं ८ हजार ४ सय रुपैयाँ र काठमाडौं–ताप्लेजुङ ८ हजार ६ सय रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

यसअघि ताप्लेजुङ–काठमाडौं ९ हजार ४ सय ५ रुपैयाँ र काठमाडौं–ताप्लेजुङ ९ हजार ६ सय ५ रुपैयाँ रहेको थियो । सुकेटार विमानस्थलका अनुसार निजी कम्पनी सीता एयरको पनि उडान तालिका छ । सीताले सोमबार र शनिबार गरी सातामा दुईवटा उडान तालिका राखेको छ ।

काठमाडौं–ताप्लेजुङ उडान ५५ मिनेटको हुने प्राधिकरणले जनाएको छ । उडान तालिका रहेको दिन मौसम नखुल्ने र मौसम खुलेको दिन तालिका नहुँदा लामो समय उडान हुन नसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *