कोशी सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ आजदेखि पूर्ण इजलासमा
१८ भदौ २०८० काठमाडौं । कोशी सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ आजदेखि पूर्ण इलजासमा हुँदैछ ।
हिजो सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा रिटमाथि सुनुवाइ हुनेछ ।
भदौ ७ गते ईश्वरप्रसाद न्यायाधीश खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु असंवैधानिक हुने र दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिनुभएको थियो ।
उहाँले आफूले यो रिटमा राय दिइसकेकाले मुद्दा हेर्न नमिल्ने तर्क गरेपछि सुनवाइ स्थगित भएको थियो । कोशी सरकार काम चलाउन रहँदा बजेट होलिडेको अवस्था छ ।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव गर्दा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएर बहुमत पुगेको थियो । यसविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुग्नुभएको थियो ।
प्रतिक्रिया