Main News

देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु

हिमालय टिभी
२०८० भदौ १७ गते १३:२८
देशका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा ६ जनाको मृत्यु

१७ भदौ २०८० काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत आज बिहान पेप्सिकोला छाप्रो भन्ने स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सशस्त्र प्रहरी जवान उषा थापा र सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भएको हो ।

१२ चार जना घाइते भएका छन् । बा ३ ख ४१४८ नम्बरको बसले बा ६ च ५३ ४२ नम्बरको पिकअप, बा प्र ०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइतेको वीर र सिभिल अस्पतालमा उपचार भैरहेको छ।

यस्तै, दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो जीप लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका बलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ । बा १५ च ९३७० नम्बरको जीप सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।

यसैगरी सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रु बस पल्टिँदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर दुर्घटना भएको हो । घाइते बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै, जुम्लाको सिंजामा आजै बिहान भएको जिप दुर्घटना दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा छायाँनाथ रारा नगरपालिका( ५ का चालक अविराज कार्की र सहचालक रुपबहादुर रावलको मृत्यु भएको हो ।

बिहान पौने ७ बजे नाग्म गमगड राजमार्गको कनकासुन्दरी ४ स्थित ठगुनेरामा भे १ ज १०९९ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी प्रल्हाद कार्कीले जानकारी दिनुभयो । मुगु जादै गरेको जिपमा अन्य यात्रु थिएनन् । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *