बिशेष

कोशी प्रदेश सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने

हिमालय टिभी
२०८० भदौ १७ गते १३:२४
कोशी प्रदेश सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने

१७ भदौ २०८० काठमाडौं । कोशी सरकारविरुद्ध दायर मुद्दाको सुनुवाइ पूर्ण इलजासमा हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो । अब कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा रिटमाथि सुनुवाइ हुनेछ ।

पूर्ण इजलासमा भोलिदेखि निरन्तर सुनुवाइ सुरु हुनेछ । यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको सुनुवाइ आजको लागि सारिएको हो ।

भदौ ७ गते न्यायाधीश खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु असंवैधानिक हुने र दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिनुभएको थियो ।

उहाँले आफूले यो रिटमा राय दिइसकेकाले मुद्दा हेर्न नमिल्ने तर्क गरेपछि सुनवाइ स्थगित भएको हो । कोशी सरकार काम चलाउन रहँदा बजेट होलिडेको अवस्था छ ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मतको प्रस्ताव गर्दा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले मत दिएर बहुमत पुगेको थियो । यसविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुग्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्