Main News

नेपालका कम्युनिष्ट पार्टीसँग सम्बन्ध विस्तारमा चीनको सक्रियता (भिडियो रिपोर्टसहित)

२०८० भदौ १५ गते २१:११
नेपालका कम्युनिष्ट पार्टीसँग सम्बन्ध विस्तारमा चीनको सक्रियता (भिडियो रिपोर्टसहित)

१५ भदौ २०८० काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालका कम्युनिष्ट दलहरुसँग दिगो सम्बन्ध राख्न चाहेको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपासँग भगिनी सम्बन्ध राखेको सीपीसीले अहिले दुईवटै दलका नेताहरुलाई निरन्तर चीन भ्रमणको निम्ता दिने गरेको छ ।

दुई कम्युनिष्ट पार्टीलाई मिलाउन खुलेआम अभ्यास गरेको चीनले नमिल्ने भएपछि दुबैसँग निकट सम्बन्ध राख्न चाहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणअघि उसले एमालेका महासचिव शंकर पोखरेलसहितको टोलीलाई निम्ता दिएको छ ।

नेपाली कम्युनिष्ट नेताहरुको चीन भ्रमण बाक्लिएको छ । शनिबार एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीसहित त्यता प्रस्थान गर्दै हुनुहुन्छ । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीको अन्तर्राष्ट्रिय विभागको निम्तामा उहाँ जान लाग्नुभएको हो । पोखरेलको यो भ्रमण प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणअघि हुन लागेको हो । पोखरेल मात्र होइन, माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ साउन २५ गतेमात्र उहाँ चीन पुग्नुभएको थियो । त्यसअघि पनि कम्युनिष्ट नेताहरुको चीन यात्राको सूची लामै छ ।

–२०७८ चैत – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको टोली
–२०८० बैशाख – नेकपा एमालेका विदेश विभाग उपप्रमुख विष्णु रिजाल
–२०८० जेठ – माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा नेतृत्वको टोली
–२०८० साउन – माओवादीका महासचिव देवप्रसाद गुरुङ

यी चिनिएका र माथिल्लो तहका नेता हुन् । यी बाहेक पनि एमाले र माओवादीका केन्द्रीय सदस्य तहका नेताहरु धेरै जना चीन भ्रमणमा जाने गरेका छन् ।
कम्युनिष्ट नेताहरुको लगालगको चीन भ्रमण किन त ?

एमाले नेताहरु पनि माओवादीले जस्तै अनुभव साटासाटका लागि चीन जाने गरेको बताउँछन् ।

प्रधानमन्त्रीको भ्रमण अघि नै एमाले टोली बोलाइनुलाई अर्थपूर्ण ठानिएको छ । तर, प्रधानमन्त्रीको पार्टी माओवादी केन्द्र एमाले टोलीको भ्रमणसँग प्रधानमन्त्रीको भ्रमणको कुनै सम्बन्ध नरहेको बताउँछ ।

चीनले सोमबार सार्वजनिक गरेको नक्सामा नेपालको नयाँ नक्सा समावेश गरेन । यस्तो अवस्थामा चीनसँग हार्दिक सम्बन्ध भएका नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एमालेको महासचिव र प्रधानमन्त्री रहेका माओवादीअध्यक्ष प्रचण्डको भ्रमणलाई चासोका साथ हेरिएको छ । उनीहरुले भारत अतिक्रमित भूमि समेटिएको नेपालको नक्सा चनराखिएको बारे चीनमा रहँदा विषय उठाउँछन् उठाउन्न रु त्यसैमा उनीहरुको भ्रमणको औचित्य खोजिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *