Main News

डा. केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने

हिमालय टिभी
२०८० भदौ १५ गते १३:२४
डा. केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने

१५ भदौ २०८० काठमाडौं । डा. गोविन्द केसीले भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने घोषणा गर्नु भएको छ ।

आफ्ना माग सम्बोधन नभए सत्याग्रह थाल्ने डा. केसी आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न मागहरु राखेर गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारका तर्फबाट प्रतिबद्धताहरु आएपछि एक महिनाका लागि सत्याग्रह पछि सारेको र त्यसो नभए सत्याग्रह थाल्ने उहाँले जनाउनु भएको छ ।

डा. केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष छनोटका लागि आवेदन दिएका केही व्यक्ति गम्भीर अनियमिततामा मुछिएका, प्रतिष्ठान सञ्चालन गर्दा भ्रष्ट र असफल प्रमाणित पनि रहेको भन्दै स्वार्थको द्वन्द्व नभएका योग्य उम्मेदवारमात्र छनोट गर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

चिकित्सा शिक्षा आयोगका वर्तमान उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीसहित ९ जना उम्मेदवारको सूची सार्वजनिक भएको छ। सूची भएका निजी मेडिकल कलेजका सञ्चालक तथा अन्य स्वार्थ समूहहरुले पनि आयोगलाई निशाना बनाएको देखिएको डा। केसीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *