Main News

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपा आन्दोलित

हिमालय टिभी
२०८० भदौ १५ गते १३:१८
एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपा आन्दोलित

१५ भदौ २०८० काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना, एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।

नेकपाको स्थायी कमिटी बैठकले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलन तय गरेको हो । भदौ १९ देखि २३ गतेसम्मको संघर्षको कार्यक्रममा संयुक्त गोष्ठी र मार्चपास अभियान हुनेछन् ।

काठमाडौंको लप्सिफेँदी, मकवानपुर, नुवाकोट, तनहुँ, धादिङ, पाल्पा, नवलपरासी, रुपन्देहीमा अन्तर्क्रिया कार्यक्रम हुनेछन् । गोष्ठीको कार्यक्रम सकिएपछि असोज १ देखि १५ गतेसम्म मार्चपास अभियान शुरु हुनेछ ।

यसपछि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनको आन्दोलन घोषणा गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्