Main News

विमानस्थल भन्सारका १३७ जना कर्मचारीले गरे सामूहिक सरुवा माग

हिमालय टिभी
२०८० भदौ १३ गते १३:२८
विमानस्थल भन्सारका १३७ जना कर्मचारीले गरे सामूहिक सरुवा माग

१३ भदौ २०८० काठमाडौं । काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत् १ सय ३७ कर्मचारीले सामूहिक रुपमा सरुवाको माग गरेका छन् ।

सुन तस्करी प्रकरणको छानबिनका नाममा आफूहरुलाई विनाकारण दुःख दिने काम भएको भन्दै भन्सार अधिकृतदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीले सरुवाको माग गर्दै भन्सार विभागलाई सामूहिक पत्र पठाएका हुन् ।

गत साउनमा बरामद भएको ६० किलो सुन प्रकरणपछि आफूहरुलाई छानबिनको नाममा दुःख दिने तथा मानसिक यातना दिने काम भएको उनीहरुको गुनासो छ ।

साथै पत्रमा कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रुबाट सीमाहीन दुव्र्यवहार र अपशब्द खेपिरहनु परेको उल्लेख छ । आफूहरूको सरुवा मागको सुनुवाइ नभए कार्यालयको नियमित कार्य सम्पादन समेत प्रभावित हुने चेतावनी पत्रमा दिइएको छ ।

अर्थमन्त्रालय र त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बोधार्थ गरिएको पत्रमा आफूहरुलाई हेर्ने दृष्टिकोणसमेत नकारात्मक हुँदै गएको गुनासो गरिएको छ ।

प्रतिक्रिया

One thought on “विमानस्थल भन्सारका १३७ जना कर्मचारीले गरे सामूहिक सरुवा माग

  1. सब लाई सरुवा होइन बर्खास्त गरेर योग्य र ईमानदार कर्मचारी भन्सार मा राख्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *