दार्चुलाको उकु महल लोप हुने अवस्थामा (भिडियो रिपोर्टसहित)

२०८० भदौ १२ गते १८:१४
दार्चुलाको उकु महल लोप हुने अवस्थामा (भिडियो रिपोर्टसहित)

१२ भदौ २०८० दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उकुस्थित उकु महलको लोप हुने अवस्थामा पुगेको छ । १२ औं शताब्दीका डोटी राज्यका रजबार भारती पाल राजाको दरबार र यसका भग्नावशेष अहिले बेवारिसे भएका छन ।

उकु महलको भग्नावशेषको उत्खनन्, अनुसन्धान तथा संरक्षण हुन सकेको छैन । गत वर्ष पुरातत्व विभागका अधिकृत प्रकाश खड्का नेतृत्वको टोलीले भग्नावशेषको अध्ययन एवं अनुगमन गरेको थियो । त्यो अनुगमन अनुगमनमै सीमित हुन पुग्यो । ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको स्थानीय खिन्न छन ।

अभय पालले डोटी राज्यको स्थापना पश्चात त्यसलाई सुदृढीकरण गर्दै डडेल्धुरामा अजयमेरु दरवार निर्माण गरेपछि दार्चुलाको उकुक्षेत्रसम्म राज्य बिस्तार गर्दै उकु महल निर्माण गरेको इतिहासमा उल्लेख छ। पाल राजाहरु अस्कोट, अजयमेरुकोट, दिपालयकोट लगायतका क्षेत्रमा बसोबास गर्न थाले ।

त्यसै समयमा पाल राजाले दार्चुलाको हालको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा उकु महल बनाए । सर्वप्रथम रजबार भारती पाल त्यस क्षेत्रमा दरबार बनाएर बसेको इतिहास पाइन्छ । अहिले जंगलको बीचमा देखिने प्राचीन मूर्तिहरु त्यसैबेला दरबार भित्र मन्दिर बनाउन ल्याइएका मूर्ति भएको मानिन्छ । त्यसको संरक्षणको आवश्यकता महसुस गरे पनि बजेट अभावले काम गर्न नसकिएको स्थानीय सरकारको गुनासो छ ।

उकु ऐतिहासिक महत्वको स्थल हो भन्ने त्यहाँ भेटिने कोटघर, देवस्थल, दरवारको मजवुत किल्लाहरु, ढुगांमा कुदिएका विभिन्न भगवानको मुर्तिहरु, विभिन्न आकृतिका ढुगांहरुबाट प्रष्ट हुन्छ। ऐतिहासिक पहिचानको झल्को दिने महलको पुर्निर्माण गर्न सकेमा दार्चुलाको ऐतिहासिक र पुरातात्विक महत्व थप बढ्न सक्छ । यसको प्रचारप्रसारबाट पर्यटक भित्र्याउन पनि सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *