Main News

प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच संसदमा रोचक सवाल जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ १२ गते १८:१०
प्रधानमन्त्री  प्रचण्ड र सांसदहरुबीच संसदमा रोचक सवाल जवाफ (भिडियो रिपोर्टसहित)

१२ भदौ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डसँग आज संसदमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिनुभएको छ ।

सवाल जवाफ क्रममा प्रधानमन्त्री प्रचण्डले जातीय सद्भाव भड्काउन खोजेकोदेखि नयाँ काण्ड ल्याएर एमाले तर्साउन खोजेकोसम्मका प्रश्नहरुको सामना गर्नुभयो । केही रोचक सवाल जवाफ हेरौं ।

प्रतिनिधिसभा बैठकमा सवाल(जवाफका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षीका चोटिलो प्रश्नको मात्रै होइन, सत्ता साझेदार दलकै सांसदको समेत कडा प्रश्नको सामना गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई संसदमा सोधिएका प्रश्न आकस्मिक भने होइनन् । भदौ ८ गते नै प्रतिनिधिसभामा टिपाइएका प्रश्नको रेडिमेड जवाफ बोकेर प्रचण्ड रोष्टममा पुग्नुभएको हो । पछिल्ला काण्डमा आफु निकटस्थलाई जोगाउन खोजेकोदेखि गिरिबन्धु टी(स्टेटको फाइल देखाएर एमालेलाई साइजमा राख्न खोजेको प्रश्न प्रधानमन्त्रीले सामना गर्नुपर्‍यो ।

सांसदहरुले भ्रष्टाचारविरुद्धको अभियान मात्रै हैन सरकारले आँखा पाक्ने रोग नियन्त्रणको लागि गरिरहेको पहलबारे पनि बुझ्न खोजे ।

प्रधानमन्त्री प्रचण्डले जवाफका क्रममा सरकारले गरिररहेको कामको बचाउ गर्नुभयो । लामो समय अवरुद्ध संसद खुलेको केही दिनमा भने निक्कै सक्रिय देखिएको छ । सोमबार संसदीय समितिले सभापतिहरु पाउँदा मंगलबार संसदमा रोचक र घोचक सवाल जवाफ भयो । बिजनेश नपाइरहेको संसदको गतिरोध हटेसँगै अब संसदको प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *