Main News

मुख्यसचिव अर्यालयसँग अख्तियारले लियो बयान

हिमालय टिभी
२०८० भदौ १२ गते १७:२८
मुख्यसचिव अर्यालयसँग अख्तियारले लियो बयान

१२ भदौ २०८० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भुक्तानी प्रणालीका केही सामान खरिद प्रकरणको अनुसन्धानका क्रममा मुख्यसचिव वैकुण्ठ अर्यालसँग बयान लिएको छ ।

राष्ट्रिय भुक्तानी प्रणालीसम्बन्धी नीतिगत नहुँदै सामान खरिद प्रक्रिया अघि बढाएकोभन्दै अख्तियारले अनुसन्धान थालेको हो । सञ्चार मन्त्रालयको सचिव रहँदा अर्याल राष्ट्रिय भुक्तानी प्रणालीको निर्देशक समितिको संयोजक हुनुहुन्थ्यो ।

कानूनी र नीतिगत जिम्मेवारी स्पष्ट नहुँदै राष्ट्रिय सूचना प्रविधि केन्द्रले पेमेन्ट गेट वे निर्माणको निर्णय गरेको थियो । केन्द्रले गरेका खरिदका कयौं कामकारवाही विवादित भएको पाइएपछि अख्तियारले यो विषय अनुसन्धान गरिरहेको हो ।

मुलुकभित्र र बाहिरबाट हुने भुक्तानीलाई पूर्ण रुपमा विद्युतीय माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय भुक्तानी प्रणाली पेमेन्ट गेट वे स्थापनाको प्रयास भएको थियो ।

१९ असार २०७५ मा १० दिनभित्र गेटवे स्थापना गर्ने भनी निर्णय भए पनि ५ वर्ष बितिसक्दा पनि तयार भएको छैन । तर यसका लागि छुट्याएको बजेटको ९६ प्रतिशत खर्च भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *